फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सहरी युवा मुटुरोगको उच्च जोखिममा

(GMT+08:00) 2014-09-30 17:29:36

        काठमाडौँमा बस्ने झन्डै छ हजार स्वस्थ वयस्कमा गरिएको मुटुसम्बन्धी अनुसन्धानमा ती वयस्कहरू मुटुरोगको उच्च जोखिममा रहेको पाइएको गोरखापत्रअनलाइनले लेखेको छ।

        नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा नेपाल हृदयाघात सचेतना केन्द्रले सहरी वयस्कहरूमा मुटुरोगको जोखिमको बारेमा गरिएको अनुसन्धानमा यस्तो पाइएको हो। काठमाडौँमा सम्पन्न मुटु शिविरमा पाँच हजार 443 जना स्वच्छ वयस्कको मुटु परीक्षण गर्दा अधिकांश युवा मुटुरोगको प्रारम्भिक चरणमा रहेको पाइएको थियो। उनीहरूले आफ्नो शरीरलाई व्यवस्थापन नगरे तुरुन्तै मुटुसम्बन्धी समस्या देखिने अनुसन्धानले देखाएको छ।

       60 लाख रुपियाँ खर्च भएको सो निःशुल्क अनुसन्धानात्मक मुटुरोग शिविरमा आएका हरेक मानिसको मोटोपन, मुटुरोगका कारणहरूको विश्लेषण, रगतमा चिनीको मात्रा, रगतमा कोलेस्ट्रोल तथा अन्य चिल्लोको मात्रा, ईसीजीलगायतको परीक्षण गरिएको थियो। 18 वर्षदेखि 40 वर्षसम्मका स्वस्थ मानिसमा गरिएको सो अनुसन्धानमा नेपालका दक्ष चिकित्सकहरूद्वारा मुटुको जाँच गरिएको थियो। अनुसन्धानमा सहभागीमध्ये 59 प्रतिशत पुरुष र 41 प्रतिशत महिला थिए। अनुसन्धानअनुसार युवामा उच्च कोलस्ट्रोल, उच्च रक्तचाप र यसका जोखिम, मोटोपना, अस्वस्थ आहार, शारीरिक गतिविधिमा कमी जस्ता मुटुरोगका जोखिमहरू प्रशस्त भेटिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ