फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ्गका विशेषदूत यिन वै मिन अफगानिस्तानी नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा उपस्थित

(GMT+08:00) 2014-09-30 09:32:32

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गका विशेषदूत एवम् चीनका जन श्रोत तथा समाज मन्त्री यिन वै मिन काबुलमा आयोजित अफगानिस्तानी राष्ट्रपति अशरफ घानी अहमदजाइको शपथ ग्रहण समारोहमा उपस्थित हुनुका साथै घानीसँग भेट-वार्ता गर्नुभएको छ।

         यिन वै मिनले घानीले अफगानिस्तानी राष्ट्रपतिको पद सम्हाल्नुभएकोमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गको बधाई सन्देश सुनाउनुभयो। साथै राष्ट्रपति घानीको नेतृत्वमा अफगानिस्तान एकता र स्थिरतातर्फ लम्कने आशा यिनले व्यक्त गर्नुभएको छ। उहाँले चीन सरकारले चीन र अफगानिस्तानको सम्बन्धमा महत्व दिएको, अफगानिस्तानी नयाँ सरकारसँग सहयोग गरी दुई मुलुकको रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अगाडि बढाउने मनसाय लिएको बताउनुभयो। चीनले अफगानिस्तानको शान्तिपूर्ण पुनःनिर्माणका लागि निरन्तर रुपमा मद्दत गर्ने पनि यिनले व्यक्त गर्नुभयो।

        यस क्रममा घानीले अफगानिस्तानी नयाँ सरकारले अफगानिस्तान र चीनको मित्रता तथा सहयोग र चीनसितको सम्बन्धमा महत्व दिने व्यक्त गर्नुका साथै चीनसँग मिलेर दुई मुलुकको सम्बन्धलाई नयाँ दिशातर्फ अग्रसर हुने ईच्छा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ