फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतीय प्रधानमन्त्री मोदीको अमेरिकी भ्रमण

(GMT+08:00) 2014-09-30 10:16:39

        भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 29 तारिखदेखि अमेरिकाको दुई दिने औपचारिक भ्रमण थाल्नुभएको छ। अमेरिकाले जनाएअनुसार, अमेरिका र भारतका नेताहरुले साझा अभिरुचिका समस्याहरुबारे छलफल गर्नुहुने छ।

       मोदी संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुनका लागि 26 तारिख न्यूयोर्क पुग्नुभएको हो। उहाँले भारतीय प्रधानमन्त्रीको पद सम्हाल्नुभएपछि अमेरिकाको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। 28 तारिख बेलुकी भारतीय मूलका करिब बीस हजार अमेरिकीले न्यूयोर्कमा भेला भई मोदीको भ्रमणको स्वागत गरेका छन्।

       29 तारिख र 30 तारिख मोदीले अमेरिकी राजकीय भ्रमण गर्नुभएको छ। 29 तारिख विहान उहाँले न्यूयोर्कमा "फोरच्यून म्यागजिन"द्वारा मूल्यांकन गरिएका विश्वका पाँच सय वटा सबैभन्दा शक्तिशाली उद्योग-व्यवसायका एघार जना सी.ई.ओ.सँग दिवा भोज गर्नुभयो। त्यसपछि उहाँले अमेरिकी पूर्व राष्ट्रपति क्लिन्टन र पूर्व परराष्ट्र मन्त्री हिलारीसँग भेट-घाट गर्नुभयो। भेट-घाटपछि मोदी वाशिङटन गई अमेरिकी राष्ट्रपति बाराक ओबामाले ह्वाइट हाउसमा उहाँका लागि आयोजना गर्नुभएको निजी रात्री भोजनमा उपस्थित हुनुभएको छ। 30 तारिख मोदीले ओबामासँग भेट-वार्ता गर्नुहुने छ।

जानकारी तथा लेखहरु
सुझाउ