फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी चिन फिङ्गलगायतका नेतागण सहिद स्मृति दिवसमा उपस्थित

(GMT+08:00) 2014-09-30 18:44:14

       यही सेप्टेम्बर तीस तारिख चीनद्वारा स्थापित पहिलो " सहिद् स्मृति दिवस " हो। जन गणतन्त्र चीन स्थापना भएको 65औं वार्षिकोत्सव नजिकिनलागेको अवसरमा आज विहान चिनियाँ कम्युनिष्ट पार्टीका तथा राष्ट्रिय नेतागण सी चिन फिङ्ग, ली ख छ्याङ्ग, चाङ्ग द च्याङ्ग, यु चङ्ग शङ्ग, लीउ युन शान, वाङ्ग छी शान, चाङ्ग काउ ली आदि पैचिङ्गको थ्येन आन मन चोकमा उपस्थित भएर राजधानीका विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँगसँगै जन बहादुरप्रति फूलगुच्छा अर्पण समारोहमा उपस्थित हुनुभएको छ।

       सन् 2014 अगष्ट महिनामा बाह्रौँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिको दशौँ समितिले सेप्टेम्बर तीस तारिखलाई " सहिद् स्मृति दिवस " स्थापित गर्ने निर्णय गरेको थियो।

1 2 3
जानकारी तथा लेखहरु
सुझाउ