फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

केन्द्रीय जातिय कार्य-सम्मेलन पैचिङ्गमा आयोजित

(GMT+08:00) 2014-09-30 18:43:40

         केन्द्रीय जातिय कार्य- सम्मेलन एवम् राज्य परिषद्को छैठौँ राष्ट्रिय जातिय एकता सम्मेलन सेप्टेम्बर अठाईस तारिखदेखि उनन्तीस तारिखसम्म पैचिङ्गमा आयोजित भएको छ।

        राष्ट्राध्यक्ष सी चिन फिङ्गले उक्त सम्मेलनमा जातिय कार्यसामु देखिएको स्वदेशी तथा विदेशी स्थितिको सकारात्मक रुपमा विश्लेषण गर्नुका साथै वर्तमान तथा भावी जातिय कार्यको कार्यनीतिबारे जानकारी दिनुभएको छ।

        उक्त सम्मेलनमा राष्ट्राध्यक्षले औंल्याएअनुसार, जातिय क्षेत्रको आर्थिक तथा सामाजिक विकासको समर्थन केन्द्रीय सरकारको एउटा आधारभूत कार्यनीति हो। आधारभूत प्रबन्धको निर्माण, गरिबीको निवारण, शहरीकरण तथा पर्यावरणिय निर्माण आदि कार्यलाई प्रबर्द्धन गर्नमा पनि उहाँले जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ