फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पेन्चेन पैचिङ्ग फर्के

(GMT+08:00) 2014-09-30 18:50:20

         चिनियाँ जन राजनैतिक परामर्श दात्री सम्मेलनको अस्थायी समितिका सदस्य एवम् चीनको बौद्धिक धार्मिक संघका उपाध्यक्ष पेन्चेन लामा छोइग्वी ग्याइबो तिब्बतको शिगाचे आदि ठाउँमा तीन महिनाको बौद्धिक मामिला तथा सामाजिक गतिबिधि सिद्ध्याएर हाल पैचिङ्ग फर्कनुभएको छ।

         तिब्बत बसाइको अवधिमा उहाँले टासिलुम्पो गुम्बामा अनेकौँ धार्मिक कार्यक्रमको अध्यक्षताको साथै भाग लिनुभएको थियो। साथै उहाँले शाक्य गुम्बा आदि गुम्बामा भिक्षु तथा धर्मावलम्बीहरूलाई आशिष तथा शुभकामना दिनुभएको छ। यसबाहेक उहाँले ग्रामीण क्षेत्र, विद्यालय, अस्पताल आदि ठाउँको पनि सर्वेक्षण गर्नुभएको थियो। तिब्बती बौद्धिक क्षेत्र तथा धर्मावलम्बीहरूले उहाँको हार्दिक स्वागत गरेको थियो।

जानकारी तथा लेखहरु
सुझाउ