फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशका लागि चिनियाँ राजदूताबासद्बारा सहिद स्मृति दिवस कार्यक्रमको आयोजना

(GMT+08:00) 2014-09-30 19:13:49
        सेप्टेम्बर तीस तारिख चीनद्बारा स्थापित पहिलो "सहिद स्मृति दिवस" हो। उत्तर कोरियाका लागि चिनियाँ राजदूताबास, भियतनामका लागि चिनियाँ राजदूताबास, रुसको अकेटरिङ्गबर्गका लागि चिनियाँ वाणिज्य दूताबास तथा सर्बियाका लागि चिनियाँ राजदूताबास आदिले बेग्लाबेग्लै रुपमा सहिद स्मृति दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको छ।

        रुसको अकेटरिङ्गबर्गका लागि चिनियाँ वाणिज्य दूताबासका उप काउन्सलर वाङ्ग वै क्वाङ्गले उनन्तीस तारिख दुताबासका कार्यकर्ता, अकेटरिङ्गबर्गमा बसेका चिनियाँ मूलका विदेशी तथा चिनियाँ प्रवासी, चिनियाँ लगानी सँस्था तथा त्यहाँ अध्ययनरत् विद्यार्थीका प्रतिनिधि गरी बीस जना स्वेर्डलस्क अब्लास्ट गएर त्यहाँ अवस्थित चिनियाँ सहिद रन फु छङ्ग तथा "चिनियाँ मण्डल" मा मारिएका सैनिकको स्मृति प्रतिमास्थलमा सफाई गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ