फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ चलचित्रहरु 19औं बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शित

(GMT+08:00) 2014-10-01 17:45:53

        19‌‌औं बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अक्टोबर दुई तारिखदेखि एघार तारिखसम्म दक्षिण कोरियामा आयोजना हुने भएको छ। 79 वटा मुलुकका 314 वटा चलचित्र यस पटकको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने छ। गत वर्ष 70 वटा मुलुकका 301 वटा चलचित्र बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि छनौट भएका छन्।

        बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सुरुवात सन् 1996 देखि भएको हो जुन दक्षिण कोरिया र अरु एशियाका सबैभन्दा महत्वपूर्ण चलचित्र महोत्सवहरुमध्येको एक हो। यो महोत्सव हरेक वर्षको सेप्टेम्बरदेखि अक्टोबर महिनासम्म दक्षिण कोरियाको बुसानमा आयोजना हुने गर्दछ। सबैभन्दा पहिले बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य दक्षिण कोरियाको चलचित्र उद्योगको विकास, युवा अभिनेता-अभिनेत्री र नयाँ चलचित्रको खोजी र एशियाको चलचित्रलाई विश्वतर्फ लम्कनका लागि फराकिलो चौतारो उपलब्ध गराउने भन्ने रहेको छ। लगातार चार पटकसम्म चलचित्र प्रदर्शनी आयोजना भएपछि बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रभाव क्रमशःविस्तार भएको हुनुका साथै एशियाको प्रसिद्ध चलचित्र महोत्सव पनि बनेको छ। त्यस अवधिदेखि बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सारा विश्वको चलचित्र क्षेत्रका व्यक्तिहरुको ध्यानाकर्षण हुने एक महोत्सव बनेको छ।

        बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा एशियाली चलचित्र झ्याल, नयाँ धार, दक्षिण कोरियालीको प्रदर्शन, विश्व चलचित्र, विस्तृत-कोणको लेन्स, खुलापन चलचित्र, विशेष परियोजना गरी सात विधा समावेश छ। नयाँ धार विधा एक मात्रै प्रतिस्पर्धात्मक विधा हो। बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले चलचित्र क्षेत्रको आदान-प्रदान र प्रदर्शनमा महत्व दिन्छ।

        चीनको मुख्यभूमिका चलचित्र निर्देशक ली स्याउ फङ्ग र चीनको थाइवानका चलचित्र निर्देशक वाङ्ग वै मिङ्गले निर्देशन गरेका चलचित्रहरु सो चलचित्र महोत्सवको एक मात्रै प्रतिस्पर्धात्मक खण्ड अर्थात् नयाँ धार खण्डमा प्रवेश पाएका छन्। यसै पटकको चलचित्र महोत्सवको उदघाटन समारोह र समापन समारोहमा प्रदर्शन गरिने चलचित्रहरु चीनको थाइवान र चीनको हंगकंगका चलचित्र निर्देशकद्वारा निर्देशन गरिएका चलचित्रहरु हुन्। चीनको मुख्यभूमिका चलचित्र निर्देशक चाङ्ग यि मौ र चीनको हंगकंगका चलचित्र निर्देशक स्यू आन व्हाले निर्देशन गरेका चलचित्रहरु महोत्सव प्रस्तुति खण्डका छानिएका छन्।

        चीनका निर्देशक ली स्याउ फङ्गले निर्देशन गरेको "नेजा" नामक चलचित्रसँगै नयाँ धार खण्डमा छानिएका अर्को चिनियाँ चलचित्र चीनको थाइवानका चलचित्र निर्देशक वाङ्ग वै मिङ्गद्वारा निर्देशित "सेक्स अपील"नामक चलचित्र हो। सो चलचित्र चीनको थाइवानका स्यू रो स्यूआन, को छाइ चे, च्या चिङ्ग वन, ताई ली रुनद्वारा संयुक्त रुपमा अभिनय गरिएको हो। "सेक्स अपील"नामक चलचित्र गत वर्षको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव "एशियाली बजार"खण्डमा प्रवेशका लागि छानिएको थियो।

        यी दुबै चिनियाँ चलचित्र वाहेक, दक्षिण कोरियाका दुई वटा चलचित्र पनि चालू वर्षको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको प्रतिस्पर्धात्मक खण्डमा छानिएका छन्। फिलिपिन्स, बंगलादेश, जापान, भारत, इराक, इरान, लेबनान, कतारका चलचित्रहरु पनि सो प्रतिस्पर्धात्मक खण्डमा समेटिएका छन्। मूल्यांकन समितिले बाह्र वटा चलचित्रबाट दुई वटा उत्कृष्ट चलचित्र चयन गर्नेछ। विजयी हरेक चलचित्रले तीस हजार अमेरिकी डलर पुरस्कार पाउने छ।

        चीनका प्रसिद्ध चलचित्र निर्देशक चाङ्ग यि मौको "कमिङ्ग होम"नामक चलचित्र र हंगकंगका चलचित्र निर्देशक स्यू आन व्हाको "द गोल्डेन एरा"नामक चलचित्र गाला प्रिजेन्टेसन अर्थात् महोत्सव प्रस्तुति खण्डमा प्रदर्शन गरिने छ। "द गोल्डेन एरा"नामक चलचित्रका अभिनेत्री थाङ्ग वै चालू वर्षको चलचित्र महोत्सवमा सहभागी हुने निश्चित गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ