फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय दिवसमा चिनियाँ राष्ट्राध्यक्षको संवोधनप्रति अन्तर्राष्ट्रिय समुदायद्वारा सक्रिय मूल्याङ्कन

(GMT+08:00) 2014-10-03 18:21:49

           चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सेप्टेम्बर तीस तारिखका दिन राज्य परिषदमा आयोजित राष्ट्रिय दिवस समारोहमा महत्वपूर्ण भाषण दिनुभएकोमा विभिन्न विदेशी व्यक्तित्वबाट उक्त भाषणको उच्च मूल्याङ्कन भएको छ। नयाँ चीनको 65 वर्षको विकास इतिहासको पूनरावलोकन मात्रै नभै भविष्यको अपेक्षा पनि समेटिएको राष्ट्राध्यक्ष सीको भाषणले चीनको भावी विकासका लागि महत्वपूर्ण दिशानिर्देश पनि गरेको ठहर उनीहरुले गरेका छन्।

             दक्षिण कोरियाको उत्तर पूर्वी एशिया ऐतिहासिक बित्त संगठनका प्रथम अनुसन्धानकर्ता छ चाइ फूले राष्ट्राध्यक्ष सीको भाषणमा चीनको भावी विकासका लागि स्पष्ट दिशा दिएको मात्र नभई अन्य मुलुकका लागि धेरै मूल्यवान अनुभव र सुझाव फैलाइएको टिप्पणी गर्नुभयो।

            लाओस भियन्टाइन-जनगणतन्त्र चीन परिषदका उपाध्यक्ष याउ विनका अनुसार राष्ट्राध्यक्ष सीले आफ्नो भाषणमा चीनको विशेष समाजवादको बाटोमा लाग्ने अडानलाई पुनःपुष्टि गरेबाट चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको द्दढ अठोट अभिव्यक्त भएको छ।

                युरोपको विचारक समूह"द फ्रान्स अफ युरोप"अन्तर्गत नीति कार्यालयका प्रमुख शादा इस्लामले राष्ट्राध्यक्ष सीले उक्त भाषणमा प्रस्तुत गर्नुभएको सुधार तथा नवीनताको निरन्तरता चीनको समृद्धि र विकासका सवालमा अर्थपूर्ण रहेको औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ