चिनियाँ राज्य परिषदले 5 तारिख "सिन्च्याङ्ग उत्पादन तथा निर्माण बलको इतिहास र विकास" शीर्षक श्वेतपत्र प्रकाशित गरेको छ। यो श्वेत पत्रका अनुसार, 60वर्षदेखि सिन्च्याङ्ग उत्पादन तथा निर्माण बलले शून्यबाट अथक प्रयास गरेर खेती निर्माण र सिमानाको सुरक्षा कार्य गरी सिनच्याङ्गको विकास, सबल जातीय एकता, सामाजिक स्थिरताको सुरक्षा र सीमा सुदृढ पार्नका लागि महत्वपूर्ण ऐतिहासिक योगदान दिएको छ।
यो श्वेत पत्रले स्थापना तथा विकास, जिम्मेवारी तथा प्रणाली, विकास तथा निर्माण र स्थिरता तथा सीमा सुरक्षा लगायत चार तर्फबाट सुरक्षा बलको इतिहास र विकास अवस्थाबारे चर्चा गरेको छ।
सन् 2013सम्म सुरक्षाबलको कुल संख्या 27 लाख एक हजार चार सय पुगेको छ। यो संख्या सिनच्याङ्गको कुल जनसंख्याको 11.9प्रतिशत पुगेको छ। बलद्बारा प्रशासन गरिएको क्षेत्रफल 70 हजार छ सय वर्ग किलोमिटर भएर करिब 12लाख 44 हजार हेक्टर खेती रहेको छ।