फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न दश बुँदे घोषणापत्र जारी गर्दै विश्व बौद्ध धार्मिक भातृत्व सम्मेलन चीनको पल्लो शान्सीमा सम्पन्न

(GMT+08:00) 2014-10-18 19:33:06

         विभिन्न दश बुँदे घोषणापत्र जारी गर्दै अक्टोबर 16 तारिखदेखि चलेको विश्व बौद्ध धार्मिक भातृत्व सम्मेलन 18 तारिख चीनको पल्लो शान्सी प्रान्तस्थित पाउची सहरमा सम्पन्न भएको छ। 41 ओटा देश र क्षेत्रहरुको सहभागितामा भएको सम्मेलनले मानवीय क्रियाकलापद्वारा विश्व मानव समुदायको हित तथा सामाजिक कल्याणकारी कार्यमा अग्रसर हुने तथा शान्तिपूर्ण र सामाञ्जस्य पूर्ण संसारको विकासमा योगदान गर्ने निर्णय गरेको सम्मेलनमा सहभागि भिक्षु अनिलले जानकारी दिनुभयो।

        त्यस्तै सम्मेलनले अन्तरधार्मिक समझदारी विकास गर्दै वातावरणीय दिगो विकासका लागि हरित उर्जाको प्रवर्द्धनमा पनि योगदान गर्ने निर्णय गरेको छ। विश्वसमुदायका मानवीय मूल्यमान्यताद्वारा समानता कायम राख्दै साँस्कृतिक तथा सामाजिक पृष्ठभूमिमा रहेर आध्यात्मिक तथा धार्मिक प्रवर्द्धन गर्दै अघि बढ्ने पनि सम्मेलनले निर्णय गरेको छ।

        घोषणापत्रमा विश्वका विभिन्न भागमा रहेका भौतिक तथा गैरभौतिक साँस्कृतिक सम्पदाको संरक्षणका लागि पहल गर्ने। नैतिक बलको विकास तथा विश्व उत्तरदायित्वको विकास गर्ने। तथा अन्तर्राष्ट्रिय समुदायलाई मानवीय जीवनको गुणस्तर विकासका लागि प्रवर्द्धन गर्ने बुँदाहरु पनि समेटिएको छ।

        घोषणापत्र जारी समारोहमा विभिन्न बौद्धधार्मिक संघ संगठनका प्रतिनिधिहरुले आआफ्नो देशको बौद्ध धर्मको विकास तथा बौद्ध धर्मका माध्यमबाट विश्व एकताका सम्बन्धमा विचार व्यक्त गरेका थिए। समारोहमा नेपालका राष्ट्रपति डाक्टर रामवरण यादवले सम्मेलनको सफलताका लागि दिनुभएको सन्देश वाचन गरेर सुनाइएको थियो। सन्देशमार्फत् राष्ट्रपति यादवले लुम्बिनीलाई विश्व शान्ति शहरको रुपमा विकास गर्नका लागि सबैका तर्फबाट हातेमालो हुनुपर्ने धारणा राख्नुभएको छ।

        आगामी अठ्ठाइसौं बौद्ध भातृत्व सम्मेलन आगामी दुई वर्षपछि हुनेछ। सो सम्मेलन आयोजनाका लागि चीनको थाइवानका साथै मलेशिया र नेपालले दावेदारी प्रस्तुत गरेको धर्मोदय सभाका उपाध्यक्ष रत्नमान शाक्यले जानकारी दिनुभयो।

        सम्मेलनमा मलेशिया र जापानका बौद्ध संगठनले युन्नानको लु त्येनमा गएको भूकम्प पीडितको सहयोगार्थ संकलित रकम हस्तान्तरण गरिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ