फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा छैठौँ "असिमित माया" नामक अन्तर्राष्ट्रिय चन्दा सङ्कलन कार्यक्रम

(GMT+08:00) 2014-10-19 19:09:18

       छैठौं "असिमित माया" शीर्षकमा अन्तर्राष्ट्रिय चन्दा सङ्कलन कार्यक्रम उन्नाईस तारिख पैचिङ्गमा आयोजित भएको छ।

       चीनका परराष्ट्र मन्त्री वाङ्ग यीकी श्रीमती छ्येन वेइको नेतृत्वमा उक्त कार्यक्रमको आयोजना गरिएको हो। सङ्कलन गरिको रकम चिनियाँ परोपकार संघमार्फत चीनको क्वै चौ प्रान्तमा शिशुमा जन्मजात मुटुरोगको अपरेशन कार्यक्रमका लागि प्रदान गरिनेछ। चिनियाँ परराष्ट्र मन्त्री वाङ्ग यी, परराष्ट्र मन्त्रालयमा गरिबीको निवारण कार्यको मानार्थ दूत ल आइ मेइ र चीनका लागि विदेशी राजदूताबासका तथा चीनका अन्तर्राष्ट्रिय संस्थाका 110 जना प्रतिनिधिले उद्धाटन समारोहमा भाग लिनुभएको छ।

      श्रीमती छ्येन वेइले उद्धाटन समारोहमा बोल्दै परराष्ट्र मन्त्री वाङ्ग यीको तर्फबाट चीनका लागि विभिन्न मुलुकका राजदूताबास तथा चीनका लागि अन्तर्राष्ट्रिय संस्था, स्वदेशी तथा विदेशी व्यवसायी र विभिन्न समाजिक व्यक्तिले चीनको परोपकार कार्यलाई दिएको महत्व तथा सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँकाअनुसार, सबै जन्मजात रोगहरूमध्ये जन्मजात मुटुरोग सबभन्दा गम्भीर रोगहरूमध्येको एक मानिन्छ। क्वै चौ प्रान्त चीनको पश्चिमी भागको पठारभूमिमा पर्दछ। जून चीनको गरिबी प्रान्तहरूमध्येको एक मानिन्छ।

1 2 3 4
जानकारी तथा लेखहरु
सुझाउ