फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी हवाइ आक्रमणमा पाँच जना सिरियाली सर्वसाधारणको मृत्यु

(GMT+08:00) 2014-10-19 15:10:52

        लण्डनमा मुख्यालय रहेको "सिरियाली मानव अधिकारसम्बन्धी पर्यवेक्षण संगठन"ले हिजो 18 तारिख जनाएअनुसार, "इस्लामिक स्टेट"को प्रहारसम्बन्धी अमेरिकाको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय संघले सोही दिन सिरियाली पूर्वी र उत्तरी क्षेत्रमा गरेको हवाइ आक्रमणमा पाँच जना सर्वसाधारणको मृत्यु भएको छ।

        उक्त संगठनअनुसार, सो हवाइ आक्रमणबाट सिरियाली उत्तरी क्षेत्रका तीन जनाको मृत्यु भएको र पूर्वी क्षेत्रका दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।

        सिरिया र टर्कीको सिमामा पर्ने आइनल अरब शहरमा उग्र संगठन "इस्लामिक स्टेट" र कुर्दिस्तान सशस्त्र संगठनबीचको हानाहान जारी रहेको छ।

        सिरियाली कुर्दिस्तान सशस्त्र संगठनका अधिकारीले गत 16 तारिख बताएअनुसार, अमेरिकाआदि मुलुकहरुद्वारा गरिएको हवाइ आक्रमणको सहयोगमा कुर्दिस्तान सशस्त्र संगठनले हाल आइनल अरबको संरक्षण युद्धमा प्रगति हासिल गरेको छ।

जानकारी तथा लेखहरु
सुझाउ