फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङ्गकङ्गलाई लिएर कुनै पनि मुलुकले चीनको आन्तिकर मामिलामा हस्तक्षेप गर्नु नुहुने चीनको भनाइ

(GMT+08:00) 2014-10-19 17:11:33

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज उन्नाईस तारिख आइतबार चीनको राज्य परिषद्का सदस्य याङ्ग चे छ र अमेरिकी विदेश मन्त्री जोन केरी बीचको वार्तामा हङ्गकङ्ग विषयबारे पत्रकारले सोधेका प्रनलाई स्पष्ट पार्नु भएको छ।

        प्रवक्ता छिन काङ्गले दिएको जानकारीअनुसार, राज्य परिषद्का सदस्य याङ्ग चे छले अठार तारिख वार्तामा हङ्गकङ्ग विषयमा अमेरिकी पक्षसामु चीनको अडान प्रकट गर्नुभएको छ। राज्य परिषद सदस्य याङ्गले हङ्गकङ्गमा कानून व्यवस्था तथा सामाजिक स्थिरतालाई भत्काएको बैधानिक गतिबिधिको कडा विरोध गर्दै हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र सरकारले कानूनअनुसार हङ्गकङ्गको स्थिरताका लागि सामना गरेको कुराको दृढ समर्थन गरेको कुरामा जोड दिनुभएको छ।

        वार्तामा याङ्ग चे छले हङ्गकङ्ग मामिला चीनको आन्तरिक मामिला रहेको भन्दै कुनै पनि मुलुकसँग चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार छैन भन्ने कुरा व्यक्त गर्नुभएको छ। अमेरिकी पक्षले जुनसुकै तरिकामार्फत "चुङ्ग व्हाङ्गको कब्जा" आदि बैज्ञानिक गतिबिधिको समर्थन गर्नुहुँदैन र हङ्गकङ्गको समृद्धि तथा स्थिरका लागि बढी हितकर गतिबिधि गर्ने आशा पनि चीनले लिएको राज्य परिषद सदस्य याङ्गले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ