फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राज्य परिषद सदस्य याङ्ग च छ र अमेरिकी विदेशमन्त्री जोन केरीबीच भेट-वार्ता

(GMT+08:00) 2014-10-19 19:40:46

         चीनको राज्य परिषदका सदस्य याङ्ग चे छले हिजो 18 तारिख अमेरिकाको बोस्टनमा अमेरिकी विदेश मन्त्री जोन केरीसँग भेट-वार्ता गर्नुभएको छ। उहाँहरुले चीन र अमेरिकाको नयाँ ढाँचाको ठूला मुलुक सम्बन्धको विकास, साझा अभिरुचिका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

         याङ्ग चे छले गत वर्ष जुन महिना चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र अमेरिकी राष्ट्रपति बाराक ओबामाले भेट-वार्ता गर्नुभएको, उहाँहरु चीन र अमेरिकाको नयाँ ढाँचा ठूला मुलुक सम्बन्धको सिर्जनाबारे महत्वपूर्ण सहमति भएको, एक वर्षयता चीन र अमेरिकाको सम्बन्धले नयाँ सकारात्मक प्रगति हासिल गरेको कुरा बताउनुभयो।

         चीनले ओबामालाई एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरुको अनौपचारिक सम्मेलनमा भाग लिन आगामी महिना चीन आउन र चीनको भ्रमण गर्न स्वागत गरेको, अमेरिकासँग मिलेर विभिन्न तयारी कार्य गर्ने र दुई मुलुकका राष्ट्रनायकको भेट-वार्तालाई सकारात्मक उपलब्धि हासिल गर्न प्रत्याभूति गर्ने मनसाय लिएको कुरा याङ्गले पनि बताउनुभयो।

         केरीले अमेरिकाले चीनसँग मिलेर आदान-प्रदान, वार्ता, सहयोगलाई सबल पार्ने मनसाय लिएको कुरा बताउनुभयो। ओबामाले आगामी महिना चीनको भ्रमण गर्ने कुरामा महत्व दिनुभएको, उक्त महत्वपूर्ण सुअवसरको उदुपयोग गरी सी चिन फिङ्गसँग दुई मुलुकको सहयोगबारे छलफल गर्ने आशा लिनुभएको कुरा केरीले व्यक्त गर्नुभयो। अमेरिकाले चीनसँग सहयोग गरी एशिया प्रशान्तको आर्थिक सहयोग संगठनका नेताहरुको अनौपचारिक सम्मेलनलाई सफल बनाउन अगाडि बढाउने मनसाय लिएको कुरा केरीले बताउनुभयो।

        उहाँहरुले चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक सम्बन्ध, सैन्य सम्बन्ध, जलवायु परिवर्तन र इबोलाको सामनासम्बन्धी सहयोग, उत्तर कोरियाको आणविक समस्या, इरानको आणविक समस्या, इराक, अफगानिस्तान, आतंकवादी विरोधआदि विषयहरुबारे वैचारिक आदान-प्रदान गर्नुभयो। यी विषयमा याङ्ग चे छले चीनको अडानबारे ब्याख्या गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ