फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

इन्टर्नेटको सुरक्षबारेको परराष्ट्र प्रवक्ता छिन काङ्गको भनाइ

(GMT+08:00) 2014-10-19 17:21:34

        चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिन काङ्गले आज उन्नाईस तारिख वाशिन्टनमा चीनको राज्य परिषद सदस्य याङ्ग चे छ र अमेरिकी विदेश मन्त्री जोहन केरी बीचको वार्तामा इन्टर्नेटको सुरक्षाबारेको विषयमा पत्रकारको प्रश्नोत्तर दिनुभएको छ।

        प्रवक्ता छिन काङ्गले दिनुभएको जानकारीअनुसार, राज्य परिषद्का सदस्य याङ्ग च छेले अठार तारिख वार्तामा इन्टर्नेटको सुरक्षाको विषयमा चीनको अडानबारे स्पष्ट पार्नुभयो। राज्य परिषद सदस्य याङ्गले चीनले जुनसुकै किसिमको ह्याकरको आक्रमण कार्यको कडा विरोध तथा प्रहार गर्दैआएको भन्दै अमेरिकी पक्षको गलत क्रियाकलापका कारण वार्तामा इन्टर्नेटको सुरक्षा पक्षमा चीन तथा अमेरिकी बीचको सहयोगमा प्रगति हुन नसकेको औंल्याउनुभएको छ। अमेरिकी पक्षले सक्रिय गतिबिधि चालेर इन्टर्नेटको सुरक्षामा दुबै मुलुक बीचको वार्ता तथा सहयोगलाई सुचारु गर्न आवश्यक शर्त सिर्जना गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो।

        प्रवक्ता छिन काङ्गले यसका अतिरिक्त चिनियाँ राज्य परिषद सदस्य याङ्गले दक्षिण चीन समुद्र तथा मानव अधिकार आदि विषयमा चीनको अडानबारे जानकारी दिनुभएको पत्रकारलाई बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ