फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजमार्गमा रात्रिकालीन गस्ती सुरु

(GMT+08:00) 2014-10-20 19:05:18

        दीपावली तथा छठजस्ता पर्वको समयमा राजमार्गमा चोरी–डकैतीका घटना हुने सम्भावनालाई ध्यानमा राख्दै यात्रुको सुरक्षाका लागि तराइका सुरक्षा निकायले राजमार्गमा रात्रि गस्ती गर्न थालेका छन्।

         रौतहटको धन्सारदेखि बागमती नदीबीचको जङ्गलमा यी पर्वको समयमा सवारीसाधन लुटपाट हुन सक्ने सम्भावना रहेकाले विशेष सुरक्षाका लागि रात्रिकालीन गस्ती सुरु गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताउनुभएको कारोबार अनलाइनले लेखेको छ।

         राजमार्गमा रातको समयमा हुन सक्ने लुटपाट नियन्त्रणका लागि धन्सारदेखि बागमतीसम्मको राजमार्गका विभिन्न स्थानमा पोष्ट बनाएर सशस्त्र प्रहरी परिचालन गर्ने तयारी भएको बुझिएको छ।

          विगतका वर्षमा चाडपर्वको समयमा राजमार्गमा सवारी डकैती हुने गरेकामा यो वर्ष कडा सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ। राजमार्गमा हुन सक्ने घटनालाई न्यूनीकरण गर्न जनपथ प्रहरी तथा सशस्त्र प्रहरीले संयुक्त रूपमा रात्रिकालीन गस्ती सुरु गरेका हुन्।

 

जानकारी तथा लेखहरु
सुझाउ