फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण बैठकमा कानुनको शासनलाई मुख्य विषय बनाएर पहिलोपटक छलफल हुँदै

(GMT+08:00) 2014-10-20 14:56:17

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको निर्णयका अनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक अक्टोबर बीस तारिखदेखि तेइस तारिखसम्म पैचिङमा आयोजना भएर देशमा कानुनको शासनलाई चौतर्फी बढाउने महत्वपूर्ण विषयबारे छलफल गर्दैछ। चीनको राजनीतिक विकास र सुधार अवधिमा यो एउटा युगान्तकारी परिवर्तन हो।

         विशेषज्ञका अनुसार, कानुनको शासन गरेबाट अनुप्रवाह र संक्रमण समस्या देखापरेको चिनियाँ अर्थतन्त्रलाई फाइदा पुर्‍याउन सकिन्छ। सामाजिक अर्थतन्त्रको प्रभावकारी रुपमा संचालन हुनका लागि ऐनबमोजिम देशको शासन गर्नु नै आधारभूत अवस्था रहेको छ। कानूनी शासनको अभाव नै वर्तमान चीनसमक्ष देखिएका धेरै आर्थिक समस्या र गहिरो विरोधाभास भएको कारण रहेको छ।

          राष्ट्रिय राजनीतिक परामर्शदात्री सम्मेलनका स्थायी सदस्य चौ हान मिनको विचारमा चिनियाँ विशेषतायुक्त समाजवादको कानूनी शासन देशको निर्माणको दिगो विकास हुनका लागि शासन पार्टीले आफ्नो शासन क्षमता र स्तरलाई अरु बढाउनुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ