फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी रक्षामन्त्रालयद्वारा इबोला नियन्त्रण टोली गठन

(GMT+08:00) 2014-10-20 19:14:08

       अमेरिकी रक्षामन्त्रालयका प्रवक्ता जोन किर्बेले अमेरिकामा देखिएको इबोला अवस्थाको सामना गर्नका लागि रक्षामन्त्री चक हागेलले तीस जनाको आकस्मिक चिकित्सा उद्धार टोली स्थापना गर्न आदेश दिनुभएको व्यक्त गर्नुभयो।

        प्रवक्ता किर्बेका अनुसार, उक्त टोलीमा पाँच जना चिकित्सक, बीस जना नर्स, पाँच जना चिकित्सा प्रशिक्षण व्यक्ति सहभागी रहनेछन्। यो टोलीलाई विदेशमा नपठाइने र अमेरिकाको चिकित्सा संस्थालाई मात्र आकस्मिक उद्धार दिइने उल्लेख छ।

         हालसम्म अमेरिकामा तीन जनालाई इबोला लागेको र उनीहरुको उपचार भइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ