फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतबीच सीमा क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षणसम्बन्धी बहु-सहमत सम्पन्न

(GMT+08:00) 2014-10-20 19:14:32

         चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छोन यिङले खुला, मैत्रीपूर्ण, रचनात्मक सल्लाह गरी चीन र भारत दुवैपक्षबीच सीमा क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षणसम्बन्धी बहु-सहमत सम्पन्न भएको व्यक्त गर्नुभयो।

          आज बीस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वाले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, गत अक्टोबर सोह्र र सत्र तारिख चीन र भारत दुवैपक्षले नयाँ दिल्लीमा सीमा मामिलाको सल्लाह र समन्वय कार्य प्रणाली सम्मेलनको आयोजना गरेका छन्। सो सम्मेलनमा दुई देशका सेनाका मुख्यालय, छिमेकी सैन्य क्षेत्र सीमा सेनाबीच नियमित वार्ता प्रणाली स्थापना गर्ने, दुई देशका सीमा क्षेत्रमा सीमा रक्षा वार्ता क्षेत्रलाई बढाउने, दुई देशका सेनाका मुख्यालयबीच हटलाइन टेलिफोनको स्थापना गर्ने, दुई पक्षका प्रथम सीमा सेनाबीच टेलिफोन सम्पर्कको स्थापना गर्ने आदि विषयबारे दुई पक्षबीच सहमत भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ