फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वाङ च्याउ क्षेत्रको "केन्द्रीय कब्जा"मा सहभागी व्यक्तिहरुमध्ये घुसपेठ भएको हंगकंग प्रहरीको भनाइ

(GMT+08:00) 2014-10-20 19:14:59

        हंगकंगका प्रहरीले गत अठार तारिख राति र उन्नाईस तारिख विहान वाङ च्याउ क्षेत्रमा चार जना पुरुषलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा पाँच जना प्रहरी घाइते भएका छन्। हंगकंग प्रहरीले हिजो उन्नाईस तारिख वाङ च्याउ क्षेत्रको "केन्द्रीय कब्जा" कार्यक्रममा सहभागी व्यक्तिहरुमध्ये घुसपैठ भएको बताएको थियो।

        हंगकंग विशेष प्रशासनिक क्षेत्रका प्रमुख ल्याङ चङ यीङले विशेष प्रशासनिक क्षेत्रको सरकारले "केन्द्रीय कब्जा" सम्बन्धी समस्याको समाधान गर्ने सकिने कुरामा चीनको केन्द्रीय सरकार विश्वस्त रहेको बताउनुभयो।

        चीनको राज्य परिषदका सदस्य याङ च्ये छले अठ्ठार तारिख अमेरिकी विदेश मन्त्री जोन केरीसँग भेट-वार्ता गर्दा हंगकंगमा भएको समाजलाई ध्वस्त गरिएको कारवाहीलाई चीनले कडा विरोध गरेको बताउनुभयो। उहाँले हंगकंग मामिला चीनको आन्तरिक मामिला हो भन्दै कूनै विदेशी मुलुकले हंगकंग मामिलाप्रति हस्तक्षेप गर्न नसक्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ