फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एशिया प्रशान्त आर्थिक सहयोग संगठनको 22औं अनौपचारिक सम्मेलन पैचिंगमा आयोजना हुने

(GMT+08:00) 2014-10-20 19:15:25

         एशिया प्रशान्त आर्थिक सहयोग संगठनको 22 औं अनौपचारिक सम्मेलन नोभेम्बर दश तारिखदेखि एघार तारिखसम्म पैचिंगमा आयोजना हुने भएको छ। चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले आज बीस तारिख यस सम्बन्धी जानकारी दिनु भएको हो।

          यस पटकको सम्मेलनको मुख्य विषय " भविष्य उन्मुख एसिया प्रशान्तको साझेदारी निर्माण गर्ने" रहेको छ। एशिया प्रशान्त आर्थिक सहयोग संगठनका सदस्य मुलुकका नेता वा प्रतिनिधि यस पटकको सम्मेलनमा सहभागी हुनुहुने छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिंग यस पटकको सम्मेलनमा सहभागी हुनुहुने छ।

         एशिया प्रशान्त आर्थिक सहयोग संगठन उद्योग तथा वाणिज्य नेता बीचको सम्मेलन र एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेता तथा उद्योग र वाणिज्य क्षेत्रका प्रतिनिधि बीचको सम्मेलन नोभेम्बर नौ तारिखदेखि दश तारिखसम्म पैचिंगमा आयोजना हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ