फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राज्य परिषद सदस्य याङ च्ये छ र अमेरिकी विदेश मन्त्री केरीसँगको वार्तामा हंगकंग विषयबारे स्पष्टोक्ति

(GMT+08:00) 2014-10-20 19:15:50

       आज पैचिंगमा आयोजित पत्रकार सम्मेलनमा एक जना पत्रकारले गत अठार तारिख चीनका राज्य परिषदका सदस्य याङ च्ये छ र अमेरिकी विदेश मन्त्री केरिसँगको वार्तामा हंगकंग सम्बन्धी समस्याबारे प्रश्न गर्नुभएको छ।

        सोबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता छिंग काङले चीनको राज्य परिषद सदस्य याङ च्ये छले अमेरिकी विदेशमन्त्री जोन केरिसँगको वार्तामा हंगकंग सम्बन्धी समस्याबारे चीनको अडानलाई प्रष्ट्याउनु भएको बताउनुभयो। राज्य परिषद सदस्य याङले हंगकंगको शान्तिलाई खलल पुर्‍याएकोमा चीनले कडा विरोध गर्नुका साथै केन्द्रीय सरकारले हंगकंग विशेष प्रशासनिक क्षेत्र सरकारलाई कारवाहीमा कडा समर्थन दिएको अमेरिकालाई स्पष्ट पार्नुभयो।

         राज्य परिषद याङले चिनियाँ राष्ट्रिय जन काङग्रेस स्थायी समितिद्बारा हंगकंगको प्रमुख कार्यकारीको निर्वाचन सम्बन्धी निर्णय आधारभूत कानून अनुसार, हंगकंगका विभिन्न क्षेत्रको प्रस्तावको आधारमा गरिएको औँल्याउनु भएको पनि प्रवक्ता छिंग काङले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ