फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सुदूर पूर्वी तिब्बती क्षेत्रमा सुधारको लागि चीनद्वारा पन्ध्र अर्ब लगानी

(GMT+08:00) 2014-10-23 19:03:33

       छपन्न वर्षीय तिब्बती छिरिङछुङवे पूर्वी तिब्बती पहाडी क्षेत्रमा बस्छन्। दुई वर्षअगिसम्म खानेपानी ल्याउन दुई किलोमिटरभन्दा तल जानुपर्थ्यो। हुरी र वर्षा हुँदा विजुली पनि काटिन्थ्यो। तर अहिले उनी पहाड तलको नयाँ तिब्बती घरमा सरिसकेका छन्। घरको आँगनमै पानी पुगेको छ र घरमा विजुलीबत्ती पनि नियमित आपूर्ति हुने गरेको छ।

        छिरिङछुङवे तिब्बती छाङतु क्षेत्रको रोदा गाउँका गाउँले हुन्। स्थानीय "बाह्र वटा जनजीवन परियोजना"बाट उनको जीवनमा यति धेरै सुधार भएको छ।

        छाङतु क्षेत्रको जनसंख्या सात लाख बीस हजार छ। भौगोलिक अवस्थाको सीमित भएकाले लामो समययता त्यहाँको आवश्यक प्रबन्ध निकै पछाडि थियो। सर्वसाधारणको जीवन कष्टदायी थियो। सन् 2012 देखि छाङतु क्षेत्रले केन्द्रीय सरकार, स्थानीय सरकार र समाजका विभिन्न क्षेत्रबाट रकम संकलन गरी उक्त "बाह्र वटा जनजीवन परियोजना" संचालन गरेको थियो। परियोजनामा बसोबास, शिक्षा, स्वास्थ्य, पर्यावरणलगायत जीवनसम्बन्धी विभिन्न विषय समावेश छन्। हाल त्यसका लागि पन्ध्र अर्ब चिनियाँ युआन लगानी भइसकेको छ।

जानकारी तथा लेखहरु
सुझाउ