फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैदौ उपग्रहबाट छिङ हाइ-तिब्बत पठारमा सूचना सम्प्रेषण

(GMT+08:00) 2014-10-23 19:03:55

         पैदौ उपग्रहको प्रविधिको आधारमा बनाइएको चरन सूचना प्रणाली हाल छिङ हाइ प्रान्तमा संचालनमा आएको छ। यसरी नै पठारका पशुपालकले स्मार्टफोनमार्फत वैज्ञानिक चरन निर्देशन पाउन सक्नेछ।

         छिङ हाइ प्रान्तीय पशुपालन तथा पशु एकेडेमिको पशुपालन अध्ययन केन्द्रका प्रमुख फै छिङ शङका अनुसार, छ महिनाअगाडि छिङ हाइ प्रान्तको हाइपै तिब्बती जातीय प्रिफेक्चरको हाइयेन जिल्लाको छिङ हाइ ताल क्षेत्रमा उक्त प्रणालीको परीक्षण सुरु भएको थियो। सो परीक्षण संचालन भएर पशुपालकलाई व्यावहारिक चरनको निर्देशन पाउन थालेका छन्। भविष्य अझ बढी क्षेत्रमा उक्त प्रणाली बिस्तार गरेर अरु पशुपालकलाई फाइदा पुर्‍याउने योजना रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ