फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाउ हौ लिन अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासचिवमा निर्वाचित

(GMT+08:00) 2014-10-23 19:04:19

        सिन ह्वा समाचार समितिका अनुसार, अन्तर्राष्ट्रिय दूरसञ्चार संघको उन्नाइसौँ पूर्ण अधिकार सम्पन्न सम्मेलन आज तेइस तारिख आयोजना भएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघका वर्तमान उप-महासचिवमा चीनका चाउ हौ लिन उच्च मत पाएर महासचिवमा निर्वाचित हुनु भएको छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ स्थापना भएको एक सय पचास वर्षको इतिहासमा चिनियाँ व्यक्ति महासचिवमा निर्वाचित भएको यो पहिलो घटना हो।

        चिनियाँ व्यक्ति अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासचिवमा निर्वाचित भएबाट विश्वले चीनको सूचना तथा सञ्चारको विकास उपलब्धिमाथि सक्रिय मूल्याङ्कन गरेको देखिन्छ। धेरै वर्षको विकासपछि चीनले विश्वको सबभन्दा ठूलो स्थिर सञ्जाल र मोबाइल नेटवर्कको स्थापना गरिसकेको छ। साथै निश्चित ब्रोडब्यान्ड ग्राहकको संख्या र इन्टर्नेकट प्रयोगकर्ताको संख्या पनि विश्वको प्रथम स्थानमा रहेको छ। स्वतन्त्र बौद्धिक सम्पत्तिसहित टिडी एलटिइ एडभान्स प्रविधिलाई पनि अन्तर्राष्ट्रिय दूरसञ्चार संघद्वारा सिफारिस गरिएको विश्व फोर-जी मोबाइल सञ्चार गुणस्तरको रुपमा राखिएको छ। ग्लोबल बजार पूँजीकरण स्तर निर्धारणको हिसाबले पहिला दश इन्टर्नेट कम्पनीमध्ये चार वटा चिनियाँ कम्पनी रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ