फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानी प्रमलाई सार्क शिखरसम्मेलनको निम्तो

(GMT+08:00) 2014-10-24 19:07:42

        नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पाकिस्तानी प्रधानमन्त्री मिया महम्मद नवाज सरिफलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को काठमाडौँमा हुने शिखर सम्मेलनको निम्तोपत्र हिजो बिहीबार हस्तान्तरण गर्नु भएको छ।

        प्रधानमन्त्री सुशील कोइरालाले काठमाडौँमा आगामी मङ्सिर 10 र 11 गते हुने सम्मेलनमा सहभागी हुन पठाएको निमन्त्रणापत्र प्रधानमन्त्री सरिफलाई हस्तान्तरण गर्दै मन्त्री पाण्डेले सम्मेलनको तयारीबारे जानकारी दिएको परराष्ट्र मन्त्रालयले बिहीबार जनाएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ।

        परराष्ट्रमन्त्री पाण्डेले पाकिस्तानी प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा तथा विदेश मामिला सल्लाहकार सरताज अजिजलाई पनि भेटी सार्क मन्त्रिपरिषद्को मङ्सिर 9 मा हुने बैठकमा भाग लिन निम्तो दिनुभएको छ। मन्त्री पाण्डे आज स्वदेश फर्कँदै हुनुहुन्छ।

 

जानकारी तथा लेखहरु
सुझाउ