फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्लाष्टिकको झोला पूर्ण प्रतिबन्ध अभियानलाई सार्थकता

(GMT+08:00) 2014-10-24 19:08:11

         नेपालबाट प्लाष्टिकको झोला पूर्ण प्रतिबन्ध गर्ने अभियानलाई संसद्ले नै कानुनी रुपमा मान्यता दिएपछि सोही क्षेत्रमा कार्यरत सरोकारवाला युवा समूहले यसको स्वागत गरेका छन्।

         गोरखापत्र अनलाइनका अनुसार नेपालबाट प्लाष्टिकका झोलालाई हटाउने अभियान गर्दै आएको 'राष्ट्र पहिले' युवा समूहले गत बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा संस्थाका युवा समूहह्रुले आगामी 72 सालसम्म प्लाष्टिकको झोला प्रतिबन्ध गर्न सञ्चालित आफ्नो समूहको अभियानले सरकार प्लाष्टिकको झोला प्रतिबन्ध गर्न बाध्य भएकामा खुशी प्रकट गरेको थिए।

          संसद्को वातावरण संरक्षण समितिको निर्देशन र मन्त्रिपरिषदको बैठकले प्लाष्टिकको झोलाको प्रयोग, उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउनेसम्वन्धमा केही दिन अघि मात्र कानुनी रुपमै पारित भएको घोषणा गरेको थियो।

       'राष्ट्र पहिले'का नेतृत्वकर्ता प्रदिप खतिवडाले यूवाहरुको सहभागितामा सुरु भएको सो अभियानको उद्देश्य नेपालबाट प्लाष्टिकको झोला हटाउने भएकाले सरकारले आफ्ना मागहरुको सम्वोधन गरेर आम जनताको स्वास्थ्यस्थितको समेत सुरक्षा गरेको बताउनुभयो। युवाको निरन्तरको प्रयास र दबाबका कारण सरकारले प्लाष्टिकको झोला प्रतिबन्ध गर्न कानुन बनाएको बताउदै खतिवडाले अव जनतालाई सचेत बनाउने अभियानमा काम सुरु गर्ने जानकारी दिनुभयो।

 

जानकारी तथा लेखहरु
सुझाउ