फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजदेखि नेपाल सम्वत् 1135 सुरु

(GMT+08:00) 2014-10-24 19:09:16

        नेपाल सम्वत् 1135 का अवसरमा आज नेपालभर विविध कार्यक्रम गरी मनाइको छ। यस सम्वत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं 880 मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराउनुभएको थियो। नेपाल संवत्ले 888 सम्म राष्ट्रिय सम्वत्को मान्यता पाई आधिकारिकता पाएको राष्ट्रिय समाचार समितिले लेखेको छ।

        विसं 1960 देखि भने नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिन छोडिएको थियो। राणा शासनको अन्त्य भई 2007 सालमा प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल सम्वत्लाई राष्टिय मान्यताका लागि अभियान चलाई आइएको छ।

         नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ।

         गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै 2055 सालमा सरकारले साख्वाःलाई राष्टिय विभूति घोषणा गरेको थियो।

 

जानकारी तथा लेखहरु
सुझाउ