फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय समाजद्बारा चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकको निर्णयप्रति उच्च ध्यान

(GMT+08:00) 2014-10-24 19:09:53

       हिजो तेईस तारिख बिहीबार सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा ""विधिको शासन लगायत केही महत्वपूर्ण विषयसम्बन्धी चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको निर्णय"लाई पारित गरेको थियो। "निर्णय" र "ऐनबमोजिम देशको शासन गर्ने निर्णयबाट चीनको सुधारका लागि झन् राम्रो कानुनी वातावरण बनाउने सक्ने अन्तर्राष्ट्र समाजले जनाएको छ।

        रायटरले चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठकबाट पारित "निर्णय" विश्वको दोस्रो ठूलो अर्थतन्त्रको बजार संचालनका लागि धेरै महत्वपूर्ण रहेको उल्लेख गरेको छ।

         चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको चौथो पूर्ण बैठक सम्पन्नपछि प्रकाशित विज्ञप्तिमा संविधान र कानुन बमोजिम देशको शासन गर्ने विषयमा एपीले केही जानकारि दिएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ