फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अबैध कब्जा गरिएको हङकङ वाङ च्याउ क्षेत्रमा फेरि अप्रिय घटना

(GMT+08:00) 2014-10-24 19:10:31

        हङकङमा सन्चालित अबैध "केन्द्रीय कब्जा" कारवाही हिजो तेईस तारिख 27 औं दिनमा प्रबेश गरेको छ। हङकङ प्रहरीले अबैध कब्जा गरिएको हङकङ वाङ च्याउ क्षेत्रको परिस्थिति अत्यन्त नराम्रो रहेको जानकारी दिएको छ। त्यस क्षेत्रमा भिडन्त दुर्घटना र अपराध पटकपटक भएका छन्। सोबाट सार्वजनिक सुरक्षामा गम्भिर असर परेको र हिंसातिर विरोध कार्यक्रम उन्मुख भएको देखिन्छ।

        हङकङ उच्च अदालतले हालै एउटा अस्थायी प्रतिबन्ध पारित गर्दै वाङ च्याउ क्षेत्रमा अबैध कब्जा कार्यक्रम अन्तर्गत कुनै पनि व्यक्तिलाई सडक रोकावट गर्ने अधिकार नभएको स्पष्ट पारेको छ। अदालतद्वारा जारी सो प्रतिबन्धमा कुनै पनि व्यक्ति तथा संस्थाद्बारा अवरोध सडकलाई हटाउने कार्यलाई रोक्न नसकिने पनि उल्लेख छ। गत बाईस तारिख सडकको अवरोध हटाउने कार्यलाई प्रदर्शनकारीले विफल बनाएका थिए।

         हिजो तेईस तारिख हङकङ प्रहरी सार्वजनिक सम्बन्ध विभागका प्रमुख उपरीक्षक स्यु चङ तले पत्रकार सम्मेलनमा बाईस तारिख दिउँसोदेखि अबैध कब्जा गरिएको हङकङ वाङ च्याउ क्षेत्रमा चौध वटा अप्रिय घटना भएको जानकारी गराउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ