फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तान समस्यामा केन्द्रित इस्तानबुल चौथो विदेश मन्त्री सम्मेलन पैचिंगमा आयोजना हुने

(GMT+08:00) 2014-10-24 19:11:03

       चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वान छुङ यीङले आज चौब्बीस तारिख शुक्रबार अफगानिस्तान समस्यामा केन्द्रित इस्तानबुल चौथो विदेश मन्त्री सम्मेलन अक्टोबर एकतीस तारिख पैचिंगमा आयोजना हुने बताउनुभयो। उहाँले चीनका परराष्ट्र मन्त्री वाङ यी र अफगानिस्तानका विदेश मन्त्री जजर ए ‌ओसमानी यस पटकको सम्मेलनमा सहभागी हुनुहुने जानकारी पनि दिनुभयो।

        प्रवक्ता ह्वाङले अफगानिस्तानको राजनीति, सुरक्षा र आर्थिक अवस्था संक्रमणकालमा रहेको बताउनुभयो। उहाँले यस पटकको इस्तानबुल चौथो विदेश मन्त्री सम्मेलन अफगानिस्तानमा नयाँ सरकार गठन भएपछि आयोजना पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन रहेको बताउँदै त्यसले महत्वपूर्ण अर्थ बोकेको पनि जानकारी दिनुभयो।

         प्रवक्ता ह्वाङले चीनले यस पटकको सम्मेलनलाई आयोजना गर्ने कार्यालाई अन्तर्राष्ट्रिय समाजले अफगानिस्तानको पुनःनिर्माणको समर्थन गरेको बताउनुभयो।

         इस्तानबुल प्रक्रिया सन् 2011 मा स्थापना गरिएको हो। चौध वटा क्षेत्रीय मुलुकहरु सदस्य रहेको र अरु सोह्रवटा मुलुक तथा बाह्रवटा क्षेत्र लगायत अन्तर्राष्ट्रिय संगठनहरु पनि यस प्रक्रियामा पनि सहभागी भएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ