फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल पुनः आईसीसी वर्ल्ड लिग डिभिजन-3 को उपाधि विजेता

(GMT+08:00) 2014-10-30 18:41:02
    नेपालले आईसीसी वर्ल्ड लिग डिभिजन-3 को उपाधि रक्षा गरेको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा विहीवार भएको उपाधि भिडन्तमा नेपालले युगाण्डालाई 62 रनले पराजित गरेको हो।

    2 सय 24 रनको जवाफी लक्ष्य पछ्याएको युगाण्डा 44 ओभर 1 बलमा सबै विकेट गुमाएर 1 सय 61 रनमा समेटियो। उसलार्इ सस्तैमा समेट्ने क्रममा भुवन कार्कीले 4 विकेट लिए भने बसन्त रेग्मीले 2 विकेट हात पारे।

    यसअघि टस जितेर ब्याटिङ् रोजेको नेपालले 49 दशमलव 5 ओभरमा सवै विकेट गुमाएर 2 सय 23 रन जोडेको थियो । नेपालका सागर पुनले 99 बलमा एक छक्का र पाँच चौकाको मद्दतमा 64 रन जोडे भने उपकप्तान ज्ञानेन्द्र मल्लले 65 बलमा 5 चौकाको मद्दतमा 56 रन जोडे ।

    यस्तै, नरेश बुढाऐर 73 बलमा एक छक्का र दुई चौकाको मद्दतमा 51 रन जोडेका थिए। कप्तान पारस खड्का 13 रनमा आउट भए। नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

    युगाण्डाको ब्याटिङ्मा नेपालका बलर भुवन कार्कीले 4 विकेट लिए भने बसन्त रेग्मीले 2 विकेट लिएका थिए। सोमपाल कामी, सागर पुन, शक्ति गौचनले एक एक विकेट लिएको अनलाईन खबरले जनाएको छ।

    नेपालले डिभिजन तीन समुह चरणको पहिलो खेलमा युगाण्डासँग नै पराजय ब्यहोरेको थियो। नेपालले पहिलो खेलमा ब्यहोरेको हारको फाइनलमा बदला लिन सफल भएको हो।

जानकारी तथा लेखहरु
सुझाउ