फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मानव अधिकार विकासले स्वाधीन छनौटलाई सम्मान गर्नुपर्ने चिनियाँ प्रतिनिधिको भनाई

(GMT+08:00) 2014-10-30 14:51:58
    संयुक्त राष्ट्र संघका लागि चिनियाँ उप आबासीय प्रतिनिधि वाङ मिनले विभिन्न मुलुकले राष्ट्रिय अवस्था अनुकूल मानव अधिकार विकासको बाटो छान्ने र यस क्षेत्रमा आफ्नो मुलुकको प्राथमिकता निश्चित गर्ने अधिकार रहेको भन्दै सबैले अरु मुलुकको विकासको बाटोलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ।

    संयुक्त राष्ट्रसंघीय महासभासम्बन्धी परिषदले 29 तारिखका दिन मानव अधिकारबारे गरेको खुल्ला बहसमा वाङ मिनले उक्त कुरा बताउनुभएको हो।

    उहाँले अन्तर्राष्ट्रिय मानव अधिकार महाकार्यको विकासबारे चीनले विश्वको शान्ति संरक्षण गर्ने अडान लिएको र साझा विकासलाई अगाडि बढाउने अडान लिएको कुरामा जोड दिनुभयो।

    मानव अधिकार सुरक्षण चीनको आर्थिक तथा सामाजिक विकासको महत्वपूर्ण खण्ड हो भन्दै उहाँले चीनको मानव अधिकार चीनको राष्ट्रिय अवस्था र चिनियाँ जनताको आवश्यकताअनुसार विकास हुनुपर्ने कुरामा जोड दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ