फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा ओबामालाई एपेक सम्मेलनमा उपस्थितिका लागि आमन्त्रण

(GMT+08:00) 2014-10-30 18:53:04

    चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता हुङ्ग लैले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई एशिया-प्रशान्त आर्थिक सहयोग संगठन एपेकका नेतास्तरीय सम्मेलनमा उपस्थित हुन र चीनको भ्रमणका लागि आमन्त्रण गरेको जानकारी दिनुभएको छ।

    प्रवक्ता हुङ्ग लैले 30 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै यस पटकको भ्रमणमार्फत् दुई पक्षले रणनैतिक पारस्परिक विश्वासलाई सबल पार्ने, रणनैतिक संदेहलाई घटाउने, चीन र अमेरिकाको नयाँ ढाँचाका ठूला मुलुक सम्बन्धको विकासलाई अगाडि बढाउने आशा लिएको कुरा बताउनुभएको छ।

    प्रवक्ता हुङ्गले चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र ओबामाले चीन र अमेरिकाको नयाँ ढाँचाका ठूला मुलुक सम्बन्धलाई सबल पार्ने र साझा अभिरुचीका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय समस्याबारे वैचारिक आदान-प्रदान गर्नुहुने कुरा बताउनुभयो।

    आतंकवादको प्रतिरोधबारे प्रवक्ता हुङ्गले चीनको अडान दोहोर्‍याउनुभयो। चीनले सबै प्रकारको आतंकवादको विरोध गर्ने, र अन्तर्राष्ट्रिय समाजसँग आतंकवाद प्रहारबारे सहयोग गर्ने मनसाय लिएको पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ