फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाललाई एकदिवसीय क्रिकेटको मान्यता दिलाउन पहल गरिने खेलकुदमन्त्रीको भनाइ

(GMT+08:00) 2014-10-31 17:53:49

            युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाल सरकारको अबको 'क्रिकेट फोकस' भनेकै एक दिवसीय राष्ट्रको मान्यता दिलाउनु भएको बताउनुभएको छ। राजधानीमा शुक्रवार भएको साक्षात्कारमा मन्त्री पौडेलले नेपाली क्रिकेटलाई अझै बलियो बनाउन पाकिस्तान, श्रीलंका र माल्दिभ्ससँग मैत्रीपूर्ण खेल खेलाउने र नेपालमै अन्तर्राष्ट्रियस्तरको टि–20 प्रतियोगिता आयोजना गर्ने तयारीमा सरकार रहेको बताउनुभयो।

           सेतोपाटी अनलाईनका अनुसार मन्त्री पौडेलले बंगलादेशको राष्ट्रिय टोली र नेपाली राष्ट्रिय टोलीवीच मैत्रिपूर्ण खेल आयोजना गर्ने अन्तिम तयारी भईरहेको जानकारी समेत दिनुभयो।

         उहाँले मुलपानी, टीयू र पोखरामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन सरकार लागि परेको भन्दै मुलपानीको जग्गा विवाद पनि तत्काल समाधान गर्न सरकार लागेको बताउँदै भन्नुभयो 'भारतले पनि एउटा स्टेडियम बनाउन सहमति जनाएकोले सरकारले जग्गाको टुङ्गो लगाएर प्रस्ताव गर्दैछ।'

            नेपाली क्रिकेटको ईतिहास छोटो भए पनि डिभिजन दुईमा जानु जस्तो महत्वपूर्ण फड्को मार्न सफल भएको उल्लेख गर्दै मन्त्री पौडेलले नेपाल क्रिकेट संघको ब्यवस्थापन र नेतृत्व क्षमता नभएकोले क्रिकेट विकासमा समस्या उत्पन्न भएको आरोप समेत लगाउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ