फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्गान मामिलामा चिनियाँ प्रधानमन्त्रीद्बारा पाँच सुझाव प्रस्तुत

(GMT+08:00) 2014-10-31 17:55:55

           अफ्गान समस्या इस्तानबुल चरणको चौथो विदेश मन्त्रीस्तरीय बैठक एकतीस तारिख विहान पैचिङ्गमा सुरु भयो। चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्ग र अफ्गानका राष्ट्रपति अश्रफ घानीले उक्त बैठकमा भाग लिनुभयो।

             बैठकमा प्रधानमन्त्री लीले आफ्नो भाषणमा अफ्गान समस्याको समाधान गर्ने चीनका पाँच सुझाव प्रस्तुत गर्नुभयो। ती पाँच सुझावमा अफ्गानिस्तानी जनताले अफ्गानको शासन अधिकारमा अडिग रहनु, राजनैतिक मेलमिलापलाई प्रवर्द्धन गर्नु, अर्थतन्त्रको पुनरुत्थानलाई तीव्र गतिमा अघि बढाउनु, विकासको मार्ग र र विदेशी समर्थनलाई सबल पार्नु लगायत रहेका छन्।

             इस्तानबुल चरण सन् 2011 मा स्थापित भएको हो भने हालसम्म राष्ट्रको नेतृत्वमा रहेको एउटै मात्र क्षेत्रीय सहयोगात्मक संस्था हो। यो चौथो बैठक चीनद्बारा पहिलो पटक संयोजन गरिएको अफ्गान मामिलाको सबैभन्दा ठूलो परिमाणको अन्तर्राष्ट्रिय बैठक हो। साथै अफ्गानको नयाँ सरकार स्थापना भएदेखिको पहिलो अफ्गान अन्तर्राष्ट्रिय बैठक पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ