फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रथम"विश्व शहर दिवस"शाङ्गहाइमा सुरु

(GMT+08:00) 2014-10-31 17:56:23

          प्रथम"विश्व शहर दिवस"को अन्तर्राष्ट्रिय शुभारम्भ समारोह अक्टोबर एकतीस तारिख शाङ्गहाइमा सुरु भएको छ। चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्ग र संयुक्त राष्ट्र संघीय महासचिव बान कि मुनले बेग्ला बेग्लै रुपमा यस समारोहलाई सन्देश पठाउनुभयो।

           प्रधानमन्त्री लीको सन्देशमा उल्लेख भएअनुसार "विश्व शहर दिवस"ले"शहरले जीवनलाई अझ सुन्दर बनाउने"भन्ने विषयमा आधारित भई यस वर्ष "शहरी परिवर्तन तथा विकास"भन्ने वार्षिक मुख्य नारा तोकेको छ। यसबाट सर्वसाधारणले नयाँ युगमा शहरको विकास सम्बन्धमा गरेको विचार तथा गतिविधि अभिव्यक्त भएको उल्लेख गर्दै प्रधानमन्त्री लीले अन्तर्राष्ट्रिय समाजले शहर र शहरबीचको क्षेत्रीय सहयोग विशेष गरी हरियारीयुक्त शहर, बौद्धिकतायुक्त शहरको निर्माण तथा व्यवस्थापन र शहरी संस्कृतिको आदानप्रदानलाई सबल पार्नसक्ने बताउनुभएको छ।

          यसैगरी राष्ट्रसंघका महासचिव बानले आफ्नो सन्देशमा पहिलो "विश्व शहर दिवस"को मुख्य विषयमा शहरको नवीन तथा आविष्कार क्षमतालाई जोड दिइएको बताउँदै विश्वका विभिन्न मुलुकले शहरी भविष्य विकासमा विशेष ध्यान दिन आह्वान गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ