फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तरिक्ष क्षेत्रको सहयोगमा भारत लगायतका देशलाई सघाउने चीनको इच्छा

(GMT+08:00) 2014-10-31 17:56:51

           यही नोभेम्बर एक तारिख चीन विज्ञान प्रतिष्ठानले आफ्नो 65औं जन्मदिवस मनाउँदैछ। स्थापना भएको 65 वर्षयता चीन विज्ञान प्रतिष्ठानले विश्वका धेरै मुलुकका वैज्ञानिक अनुसन्धान संस्था,विश्वविद्यालय,व्यवसायसँग वैज्ञानिक प्रविधि क्षेत्रमा व्यापक सहयोग गर्दै श्रृङ्खलावद्ध महत्वपूर्ण अन्तर्राष्ट्रिय सहयोग परियोजनाको संयोजन गरेको छ।

            चीन विज्ञान प्रतिष्ठानअन्तर्गत अन्तर्राष्ट्रिय सहयोग व्यूरोका प्रमुख छाउ चिङ्ग व्हाले विश्वका दुईवटा सबैभन्दा ठूला विकासोन्मुख मुलुकको रुपमा चीन र भारत सबैले अन्तरिक्षशास्त्र आदि क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेको स्मरण गर्दै यस सन्दर्भमा यी दुवै मुलुकबीचको सहयोगबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय अन्तरिक्ष विज्ञानको विकासलाई प्रवर्द्धन गरिने बताउनुभयो। उहाँले यी दुवै मुलुकका वैज्ञानिकले आपसी आदानप्रदानलाई मजबुत बनाएर द्बिपक्षीय सहयोगका लागि अझ बढी अवसर प्रदान गर्नसक्ने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ