फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानमा अझै ठूलो समर्थन गर्न राष्ट्रसंघलाई चीनको आग्रह

(GMT+08:00) 2014-10-31 18:29:51

         चीनका परराष्ट्र मन्त्री वाङ यीले 30 तारिख पैचिंगमा अफगानिस्तान समस्याका लागि इस्तान्बुल प्रक्रियासम्बन्धी विदेश मन्त्रीहरुको चौथो सम्मेलनमा उपस्थित हुन चीन आउनुभएका अफगानिस्तान मामिलासम्बन्धी संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि जान कुबिससँग भेट-घाट गर्नुभएको छ।

           मन्त्री वाङ यीले इस्तान्बुल प्रक्रियासम्बन्धी विदेश मन्त्रीहरुको चौथो सम्मेलनबाट अन्तर्राष्ट्रिय समाजले पनि अफगानिस्तानको राजनैतिक मेलमिलाप प्रक्रियालाई समर्थन दिने स्पष्ट संकेत दिने अपेक्षा गर्दै अफगानिस्तानको क्षमता अभिवृद्धिमा सघाउनसक्ने आशा चीनले लिएको बताउनुभयो।

             प्रत्युत्तरमा राष्ट्रसंघीय प्रतिनिधि कुबिसले चीनसँगै मिलेर अफगानिस्तानको शान्ति, स्थिरता, विकास र मेलमिलापको योजना साकार तुल्याउन मद्दत गर्ने मनसाय संयुक्त राष्ट्र संघले लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ