फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतले सीमा क्षेत्रको शान्तिलाई संयुक्त रुपमा संरक्षण गर्ने

(GMT+08:00) 2014-10-31 18:30:20

           चीनको प्रतिरक्षा मन्त्रालयका प्रवक्ता याङ यु च्युनले 30 तारिख चीन र भारतको सीमा क्षेत्रको स्थितिबारे चर्चा गर्दै सीमा क्षेत्रको शान्ति नै चीन र भारतबीचको महत्वपूर्ण सहमति भएको र दुवै पक्षले संयुक्त रुपमा प्रयास गर्नुपर्ने कुरा बताउनुभएको छ।

            उहाँले अक्टोबर महिनाको मध्यतिर चीन र भारतले नयाँ दिल्लीमा सीमा मामिलामा छलफल तथा समन्वय प्रणालीसम्बन्धी बैठकको आयोजना गरेको जनाउँदै यो जानकारी दिनुभएको हो। दुवै पक्षले सीमा क्षेत्रको शान्ति तथा स्थिरताको संरक्षण गर्ने कदमबारे धेरै सहमति हासिल गरेका छन्।

             यसका साथै उहाँले ती सहमतिहरु सकारात्मक कदम हुनुका साथै चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले भ्रमण गर्नुभएको दौरान दुई मुलुकद्वारा प्रकाशित गरिएको "संयुक्त वक्तव्य" तथा दुई पक्षद्वारा हस्ताक्षरित सीमा सम्झौताको व्यवहारिक कार्यान्वयनको ठोस कदम भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ