फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परराष्ट्रमन्त्री वाङ यीद्वारा राष्ट्रिय सुरक्षा तथा कूटनीतिसम्बन्धी पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार अजिजसँग भेट-घाट

(GMT+08:00) 2014-10-31 18:30:50

           चीनका परराष्ट्र मन्त्री वाङ यीले 30 तारिख राष्ट्रिय सुरक्षा तथा कूटनीतिसम्बन्धी पाकिस्तानी प्रधानमन्त्रीका सल्लाहकार सर्ताज अजिजसँग भेट-घाट गर्नुभएको छ। अजिज अफगानिस्तान समस्याका लागि इस्तान्बुल प्रक्रियासम्बन्धी विदेश मन्त्रीहरुको चौथो सम्मेलनमा भाग लिन चीन आउनुभएको हो।

            मन्त्री वाङकाअनुसार, चीनले पाकिस्तानी प्रधानमन्त्री नावाज शरिफलाई नोभेम्बर महिनामा एशिया-प्रशान्तको आर्थिक सहयोग संगठनको आयोजकको साझेदार वार्तामा सहभागिताका लागि आमन्त्रण गरेको छ। चीनका नेताले शरिफसँग भेट-घाट गर्नुहुने छ। चीन र पाकिस्तानले महत्वपूर्ण सहयोगात्मक सम्झौता पत्रहरुमा हस्ताक्षर पनि गर्ने छन्।

              जवाफमा अजिजले शरिफको चीन भ्रमणले दुई मुलुकको परम्परागत मित्रतालाई सबल पार्ने र विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ