फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकदेखि केन्द्रीय समितिद्वारा सुधारसम्बन्धी महत्वपूर्ण तथा ठूला कदमहरु सार्वजनिक

(GMT+08:00) 2014-11-11 21:48:20

        सन् 2013 आयोजना भएको चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने लक्ष्य प्रस्तुत गरेको छ। सो लक्ष्य चीनको विशेषतायुक्त समाजवाद व्यवस्थाको सुधार र विकास गर्नु, राष्ट्रिय शासन प्रणाली र शासन क्षमताको आधुनिकीकरणलाई अगाडि बढाउनु र सन् 2020सम्ममा महत्वपूर्ण क्षेत्रको सुधारमा निर्णयक उपलब्धि हासिल गर्नु हो।

        हालसम्म चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आयोजना भएको एक वर्ष भइसकेको छ। विगत एक वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले सुधारसम्बन्धी 21 वटा महत्वपूर्ण र ठूला कदम सार्वजनिक गरेको छ। ती कदमहरुमा ग्रामीण क्षेत्रको सुधार, बित्त तथा कर प्रणालीको सुधार, साँस्कृतिक प्रणालीको सुधार र शांगहाई स्वतन्त्र व्यापार क्षेत्रको परीक्षात्मक क्षेत्रको कार्य प्रगतिआदि समावेश छन्।

        सन् 2014 को जनवरी 19 तारिख जन गणतन्त्र चीनको केन्द्रीय सरकारको वेभसाइटले "ग्रामीण क्षेत्रको सुधारलाई चौतर्फी रुपमा गहन पार्ने र कृषिको आधुनिकीकरणलाई गति प्रदान गर्नेसम्बन्धी चीनको राज्य परिषदको प्रस्ताव" सार्वजनिक गरेको थियो।

        सन् 2014 फेब्रुअरी 28 तारिखका दिन सुधारलाई चौतर्फी रुपमा गहन पार्ने केन्द्रीय समितिको नेतृत्व टोलीका प्रमुखको जिम्मेवारी लिनुभएका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष सी चिन फिङ्गले सो टोलीको दोस्रो बैठकको अध्यक्षता गर्नुभयो। उक्त बैठकमा "साँस्कृतिक प्रणालीको सुधारसम्बन्धी कार्यान्वयन मस्यौदा" पारित भएको थियो।

        सी चिन फिङ्गले सन् 2014 अक्टोबर 27 तारिख सो टोलीको छैठौं बैठकको अध्यक्षता गर्नुका साथै महत्वपूर्ण सम्बोधन गर्नुभयो। यस पटकको बैठकले "चीनको शांगहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रको कार्य प्रगति र सुधारको परीक्षात्मक अनुभवको प्रचार-प्रसारसम्बन्धी प्रस्ताव"को लेखाजोखा गर्‍यो।

        सो अवसरमा राष्ट्राध्यक्ष सी चिन फिङ्गले शांगहाई स्वतन्त्र व्यापार परीक्षात्मक क्षेत्रले स्थापना भएयता धेरै क्षेत्रहरुमा सक्रियताका साथ अन्वेषण र परीक्षण गरेको र केही नयाँ उपलब्धि हासिल गरेको जनाउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ