
12 तारिख राती चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग म्यान्मारको राजधानी रंगुन पुग्नुभएको छ। साथै प्रधानमन्त्री लीलाई स्वागतार्थ म्यान्मारको विमानस्थलमा एक समारोहको आयोजना पनि गरेको छ।

पूर्वी एशियाली सहयोगसम्बन्धमा नेताहरू बीचका बैठकहरुमा विभिन्न पक्षसँगसँगै पूर्वी एशियाली सहयोग प्रक्रियालाई अगाडि बढाउनुका साथै क्षेत्रीय शान्ति, स्थीरता र विकासलाई उकास्ने पक्षमा प्रधानमन्त्री ली रहनुभएको छ। साथै यो भ्रमणद्बारा चीन र म्यान्मारबीचको चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने आशा पनि उहाँले व्यक्त गर्नुभएको छ।