फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिणी समुद्रको परिस्थिति समग्रमा स्थिर रहेको चिनियाँ प्रधानमन्त्रीको भनाइ

(GMT+08:00) 2014-11-13 14:46:52

    चिनियाँ प्रधानमन्त्री ली ख छ्याङले स्थानीय समयअनुसार 13 तारिख विहान म्यानमारको राजधानी रंगुनमा आशियानको नवौं शिखर सम्मेलनमा भाग लिनुका साथै सम्बोधन गर्नुभएको छ। उहाँले चीनको दक्षिणी समुद्रीको परिस्थिति समष्टिगत रुपमा स्थीर हुनुका साथै जल ढुवानीका लागि पनि स्वतन्त्र र सुरक्षित भएको कुरा व्यक्त गर्नुभएको छ।

    प्रधानमन्त्री लीका अनुसार चीन र आशियानका मुलुकहरुले चौतर्फी र प्रभावकारी रुपमा "दक्षिणी समुद्रसम्बन्धी विभिन्न पक्षको व्यवहारिक घोषण पत्र"लाई कार्यान्वयन गर्ने र समुद्र सम्बन्धी व्यापारिक सहयोगलाई सबल पार्ने विषयबारे घनिष्ठ रुपमा वार्ता र आदान-प्रदान गरेको बताउनुभयो। उहाँले चीनले दक्षिणी समुद्रसम्बन्धी विवादित पक्षको सामना गर्ने बेलामा प्रत्यक्ष रुपमा विवादित मुलुकबीच वार्ता तथा परामर्शको तरीका अपनाउँदै दक्षिणी समुद्रको शान्तिपूर्ण तथा स्थीरतालाई चीन तथा आशियानका विभिन्न मुलुकहरुको हितमा सँगसँगै संरक्षण गर्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ