फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्षले बीस मुलुक समूहको नवौं शिखर सम्मेलनमा भाग लिने तय

(GMT+08:00) 2014-11-13 17:49:39

    चिनियाँ परराष्ट्र मन्त्रालयले 13 तारिखका दिन चीन र अन्तर्राष्ट्रिय संचारमाध्यमका लागि पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङको बीस मुलुकका नेतास्तरीय नवौं शिखर सम्मेलनबारे जानकारी दिएको छ। पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सीले अस्ट्रेलिया, न्यूजिल्याण्ड तथा फिजीको राजकीय भ्रमण गर्नुका साथै फिजीमा प्रशान्त महासागर अन्तर्गत दौत्य सम्बन्धको स्थापना भएका सम्बन्धित दूत र मुलुकहरुका नेतागणसँग भेट-वार्ता गर्नुहुनेछ।

    यस पत्रकार सम्मेलनमा चीनका सहायक परराष्ट्र मन्त्री चङ च क्वाङ र अन्तर्राष्ट्रिय अर्थ विभागका प्रमुख चाङ चुन उपस्थित हुनुहुन्थ्यो।

    चाङ चुनले जनाएअनुसार चीनले यस शिखर सम्मेलनबाट सकारात्मक उपलब्धी हासिल गर्ने विश्वास र अपेक्षा गरेको छ। प्रथम, यस सम्मेलनमा विश्वको आर्थिक बृद्धि कारकलाई अघि बढाउने पक्षमा नयाँ सुझाव प्रस्तुत गर्नसकिने छ। दोस्रो,विश्वव्यापी अर्थतन्त्रको सन्तुलन मिलाउन सम्बन्धित पक्षलाई घच्घच्याउन सकिनेछ। तेस्रो, विश्वको खुला र स्वतन्त्र ढाँचाको आर्थिक क्षेत्रको स्थापनाका लागि नयाँ मतैक्यता जुटाउन सकिनेछ

जानकारी तथा लेखहरु
सुझाउ