फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङ्ग नवौं पूर्वी एशियाली शिखर सम्मेलनमा उपस्थित

(GMT+08:00) 2014-11-13 17:04:22

    चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग स्थानीय समय तेह्र तारिख विहान म्यानमारको नायपीड्वमा नवौं पूर्वी एशियाली शिखर सम्मेलनमा सहभागि हुनुभएको छ। आशियानका दश मुलुकका नेताहरु, दक्षिण कोरियाका राष्ट्रपति पाक ग्युन ह्ये, जापानका प्रधानमन्त्री सिन्चो अबे, अमेरिकी राष्ट्रपति बाराक ओबामा, रुसका प्रधानमन्त्री दिमित्री मेदभेदेभ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री टोनी अब्बोट, न्यूजिल्याण्डका प्रधानमन्त्री जोन के पनि उक्त सम्मेलनमा उपस्थित हुनुभएको छ। म्यानमारका राष्ट्रपति ऊ थेन सेनले उक्त सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

    चीनका प्रधानमन्त्री लीले आफ्नो भाषणमा विभिन्न मुलुकले राजनैतिक सुरक्षा र आर्थिक विकास गरी दुईटा क्षेत्रलाई अघि बढाउनुपर्ने, क्षेत्रीय शान्तिलाई सबल पार्नुपर्ने, विश्वव्यापी चुनौतीको सक्रियताका साथ सामना गर्नुपर्ने, अर्थतन्त, समाजआदि क्षेत्रहरुको सहयोगलाई गहन पार्नुपर्ने, तथा शान्त र समृद्ध पूर्वी एशियाको निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो।

    चीनले पूर्वी एशियाको शान्तिपूर्ण र स्थिर शक्ति भइरहेको, मुलुकहरुसँग एशियाली हितको समुदाय, दायित्व र भागको समुदायको निर्माण गर्ने मनसाय लिएको कुरा पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ