फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्राधानमन्त्री ली ख छ्याङ्गद्वारा जापानी समकक्षीसँग संक्षिप्त भेट-वार्ता

(GMT+08:00) 2014-11-13 17:16:08

    12 तारिख पूर्वी एशियाली शिखर सम्मेलनको रात्री भोजका बेलामा जापानका प्रधानमन्त्री सिन्चो अबेले चीनका प्रधानमन्त्री ली ख छ्याङ्गसँग छोटो भेट-वार्ता गर्नुभएको छ।

    भेटमा प्रधानमन्त्री लीले चीन र जापानबीचको चार वटा राजनैतिक दस्तावेज पालना गर्नु दुई मुलुकको सम्बन्धको स्वस्थ र स्थिर विकासको महत्वपूर्ण आधार भएको कुरामा जोड दिनुभयो। चीन र जापानले एउटै दिशतर्फ जाने र दुई मुलुकको सम्बन्धलाई सामान्य बाटोमा फर्काएर अघि बढाउने आशा लीले गर्नुभयो।

    प्रत्युत्तरमा जापानी प्रधानमन्त्री अबेले जापानले दुई पक्षबीच प्राप्त भएको चार सूत्रीय सिद्धान्तको सहमतिअनुसार, सही दृष्टिकोणबाट इतिहासलाई कार्यान्वयन गर्ने, दुई मुलुकको आर्थिक, व्यापारिकआदि क्षेत्रको सहयोगलाई अगाडि बढाउने मनसाय लिएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ