फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष ब्रिक्स चार मुलुकका नेतागणबीचको वार्तामा सहभागी

(GMT+08:00) 2014-11-15 14:32:18
    ब्रिक्स मुलुकहरुका नेतागणबीचको वार्ता 15 तारिखका दिन ब्रिस्बेनमा अनौपचारिक रुपमा आयोजना गरिएको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ, ब्राजिलका राष्ट्रपति रोसोफ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिणी अफ्रिकी राष्ट्रपति ज्याकोब जुमाले यस सम्मेलनमा भाग लिनुभएको थियो। यी पाँच मुलुकका नेतागणले ब्रिक्स मुलुकहरुबीचको सहयोग तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय अरु चासोका विषयबारे गहन रुपमा विचार आदान-प्रदान गर्नुका साथै मतैक्यता हासिल गर्नुभयो।

    आफ्नो सम्बोधनमा चिनियाँ राष्ट्राध्यक्ष सीले अर्थतन्त्रीबीचको सहयोग ब्रिक्स मुलुकहरुको विकासको दिगो संयन्त्र भएको बताउँदै खुला, समावेशी, सहयोगात्मक र साझा विजयसम्बन्धी ब्रिक्स मुलुकहरुको भावना बमोजिम एकरुप समुदायको ठूलो बजारको स्थापना गर्नका लागि सँयुक्त रुपमा प्रयास गर्नुपर्ने, आर्थिक सहयोग गर्ने दीर्घकालीन योजना तय गर्नुपर्ने र अझै घनिष्ठ आर्थिक साझेदारी सम्बन्धको स्थापना गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो।

    यसका साथै उहाँले पैचिङ एशिया-प्रशान्त आर्थिक र सहयोगात्मक संगठनअन्तर्गत नेतास्तरीय अनौपचारिक सम्मेलनको स्थितिबारे जानकारी पनि दिनुभयो। उहाँले भन्नुभयो-केही दिनअघि चीनले पैचिङमा एशिया-प्रशान्त आर्थिक र सहयोगात्मक संगठनअन्तर्गत नेतास्तरीय 22औं अनौपचारिक सम्मेलन आयोजना गरेको थियो। यसमा आगामी एशिया-प्रशान्त साझेदारी सम्बन्धको स्थापना गर्न निर्णय गरिएको छ।

    उहाँले यस सम्मेलनमा प्राप्त गरेका उपलब्धीहरु एशिया-प्रशान्त क्षेत्रको सामु देखा परेको चुनौती अनुकूल गर्नुका साथै एशिया-प्रशान्तको विकासका लागि पनि महत्वपूर्ण अर्थ राख्ने विश्वास पनि उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ