फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ्ग बीस मुलुक समूहका नेताहरुको नवौं शिखर सम्मेलनमा सहभागि

(GMT+08:00) 2014-11-15 12:36:36

    बीस मुलुक समूह अर्थात् जी20का नेताहरुको नवौं शिखर सम्मेलन 15 तारिख अस्ट्रेलियाको ब्रिस्बेनमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले उक्त शिखर सम्मेलनमा उपस्थित हुँदै सम्बोधन गर्नुभएको छ।

    यस पटकको जी 20 शिखर सम्मेलनको मुख्य विषयवस्तु आर्थिक बृद्धि र रोजगार अभिबृद्धि, विश्व अर्थतन्त्रद्वारा जोखिम प्रतिरोधको क्षमता अभिवृद्धि भन्ने रहेको छ।

    नेताहरुले सर्वप्रथम क्वीन्सल्याण्ड राज्यको सँसद भवनमा दुई घण्टासम्म अनौपचारिक सम्मेलनको आयोजना गरी आफ्नो मुलुकको आर्थिक सुधारबारे आदान-प्रदान गर्ने कार्यक्रम छ।

    स्थानीय समय अनुसार 15 तारिख दिउँसो दुई बजेर तीस मिनेट जाँदा अस्ट्रेलियाका प्रधानमन्त्री टोनी अब्बोटद्वारा आयोजना गरिने स्वागत समारोहमा उपस्थित हुनका लागि चिनियाँ राष्ट्राध्यक्ष सी ब्रिस्बेन प्रदर्शनी हल जानुहुने छ। त्यसपछि नेताहरुले 15 मिनेटसम्म साँस्कृतिक कार्यक्रमको अवलोकन गर्नुहुने छ।

    ती कार्यक्रमहरुपछि जी20का नेताहरुको नवौं शिखर सम्मेलनको पहिलो चरणको सम्मेलन औपचारिक रुपमा शुरु हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ